
काठमाडौं। अपर तामाकोशीले आजदेखि सर्वसाधारणकालागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ।
कम्पनीले छिटोमा कात्तिक १९ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर १४ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानीकोषले जानकारी दिएको छ।
सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरका २ करोड ६४ लाख कित्ता शेयर निष्कासनमध्ये एक करोड ५ लाख कित्ता प्रभावित क्षेत्रकालागि र एक करोड ५८ लाख कित्ता सर्वसाधारणकालागि छुट्याएको हो।
आवेदनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।
साथै दक्षिण कोरियामा रहनुहुने नेपालीहरुले जि मनी ट्रान्स मा संपर्क गरी सिद्धार्थ बैंकको सुबिधाबाट समेत आबेदन दिन सक्नुहुने छ।
कम्पनीको क्रेडिट रेटिङ “इक्रा एनपि आइपिओ ग्रेड चार” रहेको छ। यो रेटिङलार्इ औसतमा दोस्रो खराव ग्रेड मान्न सकिन्छ। सबैभन्दा खराब ग्रेड ५ हो भने सबैभन्दा राम्रो ग्रेड एक हो।
कम्पनीको प्रतिमेगावाट लागत १० करोड ८१ लाख रुपैयाँ रहेको छ। सर्वसाधारण शेयर निष्कासनसँगै कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ। आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा प्रतिमेगावाट लागत बढ्ने अनुमान गरिएको छ।
I need it 50 kitta
You can visit Gmoney Trans Contact office and fillup siddhartha Banks CASBA and can be applied yourself.
Thank You