अब एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी गर्न नपाईने

Read Time:1 Minute, 47 Second

काठमाडौं, मंसिर १६ –
रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख रुपैयाँसम्म भए नगदमा र त्यसभन्दा बढी बैंक खातामार्फत भुक्तानी दिनुपर्ने नयाँ नियम प्रस्ताव गरेको हो । यसअघि रेमिट्यान्स कम्पनीहरुले २ लाख सम्म नगदमै भुक्तानी गर्दै आएका थिए ।
नेपाल राष्ट्र बैंकलेरेमिट्यान्स कम्पनीले सम्बन्धित विप्रेषण कम्पनीहरुको सिस्टम प्रयोग गरी स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार पनि गर्न नपाईने नियम बनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, तथा रेमिट्यान्सलगायत भुक्तानी सेवा प्रदायक संस्थालाई विद्युतीय कारोबारमार्फत गर्न पाउने खर्चको सीमा तोक्न लागेको हो ।
भुक्तानी कारोवारमा एकरुपता कायम गरी जोखिम कम गर्न राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा तोक्न लागेको हो । प्रस्तावित व्यवस्थाका विषयमा सरोकारवालाले २९ गतेसम्म राय पेश गर्न सक्ने र त्यसकै आधारमा भुक्तानी र खर्चको सीमा निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

NRB_Release

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu