
Read Time:57 Second
काठमाडौं। आइएमर्इ रेमिटेन्सबाट पैसा पठाउने धिरेन्द्रकुमार झागडले बीस लाख रुपैयाँ जितेका छन्। कम्पनीले दशैं,तिहार र छठलाई लक्षित गर्दै ल्याएको दशैंमा बीस लाख योजनाको झागड वम्पर विजेता बनेका हुन्।
उनले मलेसियाबाट रकम पठाएका थिए। सफ्टवेयर पद्धतिबाट गरिएको लक्की ड्रबाट उनी भाग्यशाली विजेता बनेको आइएमई समूहका जनसम्पर्क प्रमुख राजु पौडेलले बताए।
लक्की ड्र कार्यक्रममा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बासडरद्धय दीपकराज गिरि र दीपाश्री निरौला लगायतको उपस्थिती थियो।