
गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा पत्रकार भूषण घिमिरेलाई नियुक्त गरिएको छ । बुधबार नवनिर्वाचित कार्यसमितिको बैठकले घिमिरेलाई प्रवक्तामा नियुक्त गरेको हो ।
नेपालमा लामो समय पत्रकारिता गरेर अहिले जापानमा पत्रकारितासंगै व्यवसाय गरिरहेका घिमिरे नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुनुभएको थियो । जापानको सोफिया युनिभर्सिटीमा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे राजधानी टोकियोबाट प्रकाशित नेपाली पत्रिका ‘नेपाली समाचार’का प्रधान सम्पादक समेत हुनुहुन्छ ।
१६ वर्षदेखि जापानमा बस्दै आउनुभएका उहाँ नेपालमा रहँदा युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक, रेडियो नेपालको कार्यक्रम ‘परिवेश’को प्रस्तोताका रुपमा काम गर्नुभएको थियो ।