खुशीको खबर! अब श्रम स्वीकृति सातै प्रदेशबाट लिन पाइने

Read Time:1 Minute, 30 Second

सरकारले वैदेशिक रोजगारीका लागि जाने नेपालीलाई रहेक प्रदेशबाटनै श्रम स्वीकृति दिने भएको छ। यसका लागि काठमाडौँ बाहिर श्रम कार्यालय स्थापना भइसकेका छन्।

श्रम मन्त्रालयले कर्णाली प्रदेशस्तरीय कार्यालय राजधानी वीरेन्द्रनगरस्थित कालिन्चोकमा श्रम तथा रोजगार कार्यालय स्थापना गरेको हो। यो सँगै अब वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन कर्णालीका नागरिक काठमाडौँ जाने बाध्यता हटेको छ। कार्यालयले श्रम, रोजगारी तथा सामाजिक सुरक्षासँग जोडिएका विषयमा काम गर्नेछ।

यो वर्षको सुरुवातमा यस वर्ष सरकारले सबै प्रदेशको सदरमुकाममा श्रम तथा रोजगार कार्यालय खोल्न निर्णय गरेको थियो।

यसले कामदारलाई के फाइदा पुग्छ?

  • श्रम स्वीकृति लिन काठमाडौँ आउँदा लाग्ने आर्थिक भर र झन्झट हट्नेछ।
  • कामदारले आफूलाई नजिक पर्ने स्थानमा सेवा पाउनेछन्।
  • हजारौँ कमदारले सजिलै सुविधा पाउन सक्छन्।
  • कामदारको भिडभाड पनि कम गर्न मदत गर्छ।
  • काम छिटो हुन्छ।<
  • कार्यालयले के कस्ता सुविधा दिनेछ?

सामाजिक सुरक्षाको सेवा दिनेछ।
हरेक कार्यालयमा वैदेशिक रोजगारी इकाइले श्रमिकलाई पूर्व र अन्तिम स्वीकृति जारी गर्नेछ।
कामदारको उजुरी सम्बोधन गर्ने र विदेशमा बिचल्लीमा परेका कामदारको उद्धारका लागि पहल गर्ने काम गर्छ।
सातै प्रदेशबाट कामदारको समस्या सम्बोधन गर्ने र आवश्यक सुविधा दिने भएपछि श्रम तथा रोजगार विभाग र कामदार दुवैलाई सजिलो हुनेछ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu