दक्षिण कोरियामा गरेको लापवार्हीले विमानस्थलबाटै फिर्ता

Read Time:3 Minute, 56 Second

दक्षिण कोरिया

निकुञ्ज तिवारी/ कार्तिक १७

सन् २०१५ मा कोरियाको योङगीनमा स्कुटर चलाएको बखत कोरियन प्रहरीले एक नेपालीलाई सामान्य सोधपुछ गरी छोडिदियो । विना लाइसेँन्स कोरियामा स्कुटर हाकेका धादिङ्का किरण केसी (नाम परिवर्तन) ले ‘लाइसेँन्स विनै स्कुटर चलाउँदा पनि प्रहरीले आफूलाई कुनै कारवार्ही र जरिमाना नतिराएको भन्दै मख्ख’ परेका थिए । तर अस्ति इन्छन विमानस्थलबाटै नेपाल फर्कनुपर्दा भने छक्क परे ।

उतिबेला नाम र कोरियन परिचयपत्र नम्बर टिपेर लगेको कोरियन प्रहरीले केसीलाई ‘लाइसन्स विनै स्कुटर हाकेर ट्राफिक नियम फलो नगरेको’ नोटिस अध्यागमनमा पठाइदिएकोले अध्यागमनले उनलाई कोरिया पुन प्रवेशमा रोक लगाइदियो । इपिएसमार्फत सम्पुर्ण प्रक्रिया पुरा गरी पुन कोरिया आएका उनी अन्ततः इन्छन विमानस्थलबाटै स्वदेश फर्किनु पर्यो ।

उनि त उदाहरण मात्र हुन् । सामान्य देखिने कृयाकलाप फलो नगर्दा पछिल्लो समय धेरै आप्रवाशी कामदारहरु विमानस्थलबाटै स्वदेश फर्किनु परेको छ ।

पहिलो कार्यकाल बस्दा विना अनुमति समुन्द्रमा फोटो खिचेका, ट्रेनमा फोटो खिचेका, लाइसेन्स विना सवारी चलाएका, मद्यपान गरी झगडा गरेका, धुम्रपान प्रतिवन्दीत ठाउँमा धुम्रपान सेवन गरी प्रहरीले सोधपुछ गरी छोडिदिएका आप्रवाशीलाई पुन प्रवेशमा रोक लगाइएको छ ।

दक्षिण कोरिया आएर स्वदेश फर्किएका र स्वदेशबाट विभिन्न भिषा लगाई पुन कोरिया प्रवेश गर्न लागेका धैरै विदेशी नागरिकलाई कोरियाको इन्छनमा रहेको विमानस्थल अध्यागमन विभागले स्वदेश फिर्ता गरिदिएको छ ।

विभिन्न अपराध र आतंकबादी हमलामा संलग्न हुनसक्ने अड्कल गरी अध्यागमन विभागले २५ हजार ९८९ जना विदेशीहरुलाई विमानस्थलबाटै फिर्ता पठाएको छ । यो सङ्ख्या २०१७ को अप्रिलदेखि हालसम्मको हो ।

कोरियामा कार्यरत रहदाको अवस्थामा विभिन्न अपराधमा संलग्न रहेको र फर्जि पासपोर्ट बनाइ पुन कोरिया प्रवेश गर्न खोजेका १३ हजार ३५८ जना, कोरियामा रहदाको अवस्थामा आप्रवाशी नीतिनियमको उल्लङघन् गरेको आरोपमा १ हजार ६२१ जना, इन्टरपोलले रेड नोटिस जारी गरेका ९४७ जना लगायतका धेरै विदेशी नागरिकलाई कोरियाको विमानस्थल अध्यागमनले कोरिया प्रवेश गर्न नदिई स्वदेश फर्काइदिएको छ ।

उनिहरु विभिन्न देशबाट कोरियाको भिषा लगाई आएका थिए । जसमध्य उज्बेगिस्तानबाट आएका एक युवक आतङ्कबादी समुह आइएसआइएसमा संलग्न भएको अध्यागमन विभागले जनाएको छ ।

न्याय मन्त्रालयका अनुसार सन् २०१७ को अप्रिलदेखि हालसम्म विदेशी मानिसहरु विमानस्थलबाटै फिर्ता भएका छन् । जसमध्य हरेक महिना करिब १ हजार ५०६ जना फिर्ता हुने गरेका छ ।

copied from deuralisamachar

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu