भिसा सकिने विदेशीहरुलाई जापान इमिग्रेशनद्वारा थप एक महिना सहुलियत

Read Time:3 Minute, 13 Second

विश्वब्यापीरुपमा महामारीको रुप लिईरहेको कोरोना भाइरसका कारण बढ्दो त्रास र संभावित जोखिमलाई ध्यानमा राख्दै जापान इमिग्रेशन सर्भिस एजेन्सीले मार्च महिनामा भिसाको म्याद अवधि सकिन लागेका विदेशीहरुका लागि थप एक महिनाको सहुलियत समय दिने भएको छ ।

भिसा नविकरण, भिसा परिवर्तन लगायतका आवेदनकर्ताहरुलाई लक्षित गरी हाल जारी रहेको भिसा सकिने मितिले थप एकमहिनापछिसम्म आवेदन गरे हुने गरी सहुलियत अवधि थपिएको इमिग्रेशन आप्रवास व्यवस्थापन तथा भिसा महाशाखाका इञ्चार्ज कोमुरो तोमुकोले समुद्रपारिलाई बताए।

कोमुरोले भने थपिएको एक महिना समयवधि भिजिट भिसा र बिभिन्न कारणवश स्वदेश फर्कन निर्देशन जारी गरी फर्कने तयारी (जुम्बी) भिसा बाहकका लागि भने लागू हुने छैन । तथापि कोरोना भाइरसको उच्च जोखिमकै कारण आफ्नो देशमा फर्कन सक्ने स्थिति नभएको अवस्थामा भने भिसाको म्याद सकिनु अगावै कारण खुलेको आवश्यक कागजातसहित इमिग्रेशनमा आवेदन गर्न सकिने छ।
यसैगरी २०२० को फेब्रुअरी १ देखि मार्च १ सम्म जापानमै जन्मेका विदेशीका बच्चाको हकमा जन्मेको ६१ दिनदेखि १ महिनासम्म इमिग्रेशनमा गई भिसा एप्लाई गर्न सकिने भएको छ ।
हालसम्मको ब्यवस्था अनुसार जन्मेको ३० दिनभित्रमा इमिग्रेशनमा गई बच्चाको भिसा एप्लाई गरिसक्नुपर्ने र ६० दिनभित्रमा जाइर्‍यो कार्ड लिईसक्नुपर्ने प्रावधान रहेको थियो ।
विभिन्न कामले आउने सेवाग्राहीको भिडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर राख्दै इमिग्रेशनले यस्तो ब्यवस्था गरेको जनाएको छ । भिसा सम्बन्धि थप जानकारी आवश्यक परेमा सोमबारदेखि शुक्रबारसम्म बिहान ०८:३० बजेदेखि १७:१५ बजेसम्म ०५७०-०१३९०४ वा ०३-५७९६-७१२ मा सम्पर्क गर्न सकिने बताईएको छ । यसैगरी अन्य क्षेत्रमा रहेका नेपालीहरुले सम्बन्धित क्षेत्रको इमिग्रेशन कार्यालयहरुमा सम्पर्क गर्न सकिने बताईएको छ ।
साप्पोरो ०११-२६१-७५०२
सेन्दाइ ०२२-२५६-६०७६
टोकियो ०५७०-०३४-२५९
विदेशबाट ०३-५७९६-७२३४
योकोहामा ०४५-७६९-१७२०
नागोया ०५२-५५९-२१५०
ओसाका ०६-४७०३-२१००
कोबे ०७८-३९१-६३७७
हिरोशिमा ०८२-२२१-४४११
ताकामाचु ०८७-८२२-५८५२
फुकुओका ०९२-७१७-५४२०
नाहा (ओकिनावा) ०९८-८३२-४१५०

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu