मलेसियामा कामदार चढेको बस दुर्घटना, कम्तीमा ३६ नेपाली घाइते

Read Time:1 Minute, 20 Second

११ असार काठमाडौ । मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बोकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५ : ३० बजे दुर्घटना भएको हो । उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको बताइएको छ । घटनाका प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । केही मात्रै गम्भीर घाइते भएको बताइएको छ । प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् ।

copied…

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu