
Read Time:57 Second
काठमाडौं। माछापुच्छ्रे बैंक र जिएमइ रेमिटबीच रेमिट सेवाको लागि सम्झौता भएको छ। बैंकले आफ्ना सम्पुर्ण शाखा कार्यालयबाट जिएमइ को भुक्तानी सेवा प्रदान गर्ने भएको छ।
यो सम्झौतासँगै दक्षिण कोरिया, युएर्इ, कुवेत, बहरार्इन, कतार, ओमन, क्यानडा र सुडानमा कार्यरत नेपालीहरुले जिएमइ रेमिटमार्फत पठाएको पैसा माछापुच्छ्रे बैंकबाट भुक्तानी लिन सकिने प्रेस बिज्ञप्तीमा जनाइएको छ।
जिएमइ रेमिटबाट पठाएको पैसा एमविएल रेमिट मार्फत माछापुच्छ्रे बैकबाट सजिलै भुक्तानी प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।