मिहिनेत गर्न सके जापानमा जति कमाई नेपालमै

Read Time:6 Minute, 36 Second

बिचार: फुर्वा शेर्पा
दिनहुँ कामको थकानले शरिर प्रायजसो थाकेको हुन्छ । बल्लबल्ल हप्ताको एक दिन बिदा हुन्छ । बिदाको सदुपयोग गर्दै कहिलेकाँही नेपालमा रहनुभएका साथीभाइ अनि आफन्तजनसंग फोनमा कुरा गर्छु । कुराकानीको क्रममा उहाँहरुले जापानमा वर्किङ भिसा खुल्यो भन्छन् के हो वास्तविकता भनि सोध्नुहुन्छ । अधिकांशले भिसा पक्रिया, तलव, लाग्ने खर्चबारे सोध्नुहुन्छ । उहाँहरुले यसरी सोधपुछ् गर्नु स्वभाविक ठान्दछु । किन कि नेपालमा बेरोजगारीको चपेटामा परेका युवाहरु धेरै छन् । उहाँहरुको बुझाइअनुसार जापानमा जसको पनि मासिक दुई लाख रुपैयाँ कमाई हुन्छ, ऋणपान गरेर जापान आएपछि दुःख गरे १ बर्षभित्र उकास्न सकिहालिन्छ भन्ने पाईन्छ । वास्तविकता उहाँहरुको बुझाइभन्दा धेरै फरक छ । वास्तविकता बुझ्ने कोशिस नगन्यले मात्र गरेको पाईन्छ ।

जापान बिश्वकै महङ्गो देशको सूचीमा पर्छ । यहाँ बिशेषगरी कोठाभाडा, मोबाइल, यातायात खर्च धेरै महङ्गो छ । काम गर्न थालिएको एक बर्षपछि जापान सरकारको नीति नियमअनुसार यहाँकै नागरिक सरह विभिन्नथरिका कर र वीमा सुविधाका लागि पैसा तिर्नुपर्ने हुन्छ । हामी सानो देशबाट आएर सिधै यहाँको नियम पालना गर्न धेरै गाह्रो हुन्छ । आफ्नो भविष्यको सुरक्षाका लागि वीमा र कर नतिरी हुँदैन । हामी धेरै नेपालीको बाध्यता पैसा कमाएर नेपाल पठाउनै पर्‍यो । जापानमा केही बर्ष अगाडिसम्म २८ घण्टा भन्दा बढी काम गरेपनि भिसामा खासै समस्या हुँदैनथ्यो तर २८ घण्टा मात्रै काम गरे एक जनाको पेट पाल्न बाहेक केही गर्न नसकिने अधिकांशको गुनासो आफ्नै ठाउँमा छ । ओभरटाइम धेरै गर्ने नेपालीहरुलाई इमिग्रेशनले बारम्बार चेतावनी दिने र अन्तत्वगत्वा नेपाल फर्कन बाध्य गराउँदै आएको पाईन्छ । जापानमा काम गर्ने ठाउँमा, रेल यात्राको क्रममा, बिभिन्न नेपाली कार्यक्रमहरुमा साथीभाइहरुसंग भेटघाट हुँदा बिशेषतः काम र भिसाको समस्याबारे गफगाफ गर्ने गरेको पाईन्छ । जापानमा अधिकांशले भोग्दै आईरहेका यी समस्याहरु समाधान गर्ने बारे नगन्यले मात्र ध्यान दिएको पाइन्छ । पीडितहरु उचित समन्वयको अभाव, सही समयमा सही सूचना प्राप्त हुन नसक्दा कुहिरोभित्र हराएको काग झै देखिन्छन् । हुन त विदेशमा आफ्नो भन्ने कोही हुँदैन भनिन्छ तर नेपालीहरुको समस्या नेपालीहरुले नै समाधान गर्न हेल्पडेक्स, सूचना तथा परामर्श केन्द्र स्थापना गरिनु आवश्यक छ । यसका लागि दर्जनौ संघसंस्थाका जिम्मेवार व्यक्तिहरुको ध्यान जानुपर्दछ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अहिले कैयौं युवाहरु विभिन्न अनर्गल प्रचार, एजेन्टहरुको प्रलोभनमा लोभिएर जापान आउन लाखौ रुपैयाँ खर्च गर्न  तयार देखिन्छन् । कतिपय साथीहरुले जापानमा भिसा खुल्यो भन्छन् भिसा पठाइदिनुपर्‍यो, नेपालमा बसेर के गर्नु भन्छन् । कसैले जापानमा नेपाली रेस्टुरेन्ट र कियरगिभरमा मान्छे मागिरहेको छ रे बुझनुपर्‍यो भन्छन् त कसैले पर्यटक भिषामा आएर काम गर्नुपर्‍यो भन्छन् । उहाँहरुले आफ्नो चाहना ब्यक्त गर्नु स्वभाविक हो किन कि म पनि अर्को कुनै दुनियाँबाट जापान आएको थिएन । एउटै धरातल र एउटै माटोमा हुर्किएर केही सिकिन्छ अनि आफ्नो र घरपरिवारको भविष्य सुन्दर बनाउन सकिएला कि भनेर नै घरदेश त्यागेको एक सैनिक जस्तै हुँ । नेपाल हुँदा मैले पनि विदेशमा रहेका साथी आफन्तहरुसंग यस्तै चाहना नगरेको होईन ।
बल्लतल्ल जापान आएका विद्यार्थी, डिपेन्डेन्ट लगायत अन्य कतिपय नेपालीहरु भिसा नविकरण गर्न नपाउँदै नेपाल फर्कनुपरेको उदाहरणहरु बाक्लिन थालेका छन् । तसर्थ २ लाख कमाउने सोचले मात्र आतुर नहुनुहोस् । जापानमा पाईला टेकेपछि पालना गर्नुपर्ने नीति नियम, विभिन्न खालका कर, वीमा, दैनिक हुने खर्च, कलेज खर्च र यहाँको सँस्कार-सँस्कृति र जीवनशैली बारेमा पनि अध्ययन गर्नुहोस् । जापानमा आएर जोखिम लिन सकिएन, दुःख र धैर्यता गर्न सकिएन भने पुर्पुरोमा हात राखेर बस्नुको विकल्प छैन । यदि तपाइसंग तन, मन, धन छ र केही गर्छु भन्ने जोश र जाँगर छ भने जापानमै आउनुपर्छ भन्ने छैन । हाम्रो देशमा प्रचुर संभावनाहरु छन् । देशमै संघर्ष गरी बाँच्न सिक्नुहोस । विदेश आएर राम्रो काम गर्न पाईन्छ, घेरै कमाइन्छ भन्ने सोच त्याग्नुहोस । २ लाख कमाउन के कति दुःख भोग्नुपर्छ बुझनुहोस् र सोहीअनुसार कामको संभावना पहिल्याएर देशमै दुःख गर्न सके तपाईको भविष्य नेपालमै छ ।

From: Samudrapari

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu