युएईका मानव संशाधन मन्त्रीले गरे नेपाली कामदारको प्रशंसा

Read Time:1 Minute, 24 Second

युएई/ युएईका मानव संशाधनमन्त्री नाशर बीन थानी जुमा अल हाम्लीले नेपाली कामदारको प्रशंसा गरेका छन् ।

युएईका लागि नेपालका कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलसँगको शिष्ट्राचार भेटमा मन्त्री थानीले युएईमा कार्यरत नेपाली कामदारको प्रशंसा गरेका हुन् ।

भेटका क्रममा नेपालका तर्फबाट कार्यवाहक राजदूत फुयाँलले युएईमा कार्यरत नेपालीका हक अधिकारका बिषयमा कुरा उठाएपछि जवाफमा मन्त्री थानीले युएई नेपाल र नेपाली कामदारको पक्षमा रहेको बताएका थिए ।

मन्त्री थानीको निमन्त्रणामा दुई देशीय शिष्ट्राचार भेटघाट भएको दूतावासले जनाएको छ ।

भेटघाट कार्यक्रममा राजदूत फुयाँलसहित दूतावासका तृतीय सचिव नारायण ज्ञवालीसमेत सहभागी थिए ।

युएईलगायतका खाडी राष्ट्रमा महिलालाई घरेलु कामदारका रुपमा पठाउन नेपाल सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नसमेत चाडो श्रमसम्झौता गरी टुङ्ग्याउन आवाज उठ्दै आएको छ ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu