युएईले भिजिट र टुरिस्ट भिसामा कडाई गर्ने

Read Time:4 Minute, 10 Second

युएई – युएईले भिजिट र टुरिस्ट भिसामा कडाइ गर्ने भएको छ । भिजिट र टुरिस्ट भिसामा आएकाहरुले युएईको बसोबासको नियम उल्लङघन गरेको पाइएको भन्दै यस्तो भिसा जारी गर्न कडाइ गरिने युएईले जनाएको छ ।
युएईमा चलिरहेको आममाफीमा ठूलै अपराध गरेका कतिपय व्यक्तिहरु पनि सहभागी हुन आएको र त्यस्ता व्यक्ति भिजिट वा टुरिस्ट भिसामा युएई प्रवेश गरेको पाइएको छ । त्यस्ता व्यक्तिलाई आफ्नो देशमा प्रवेश गर्न नदिन युएईले भिजिट र टुरिस्ट भिसामा कडाई गर्न लागेको हो । ।

१ अगष्टदेखि ३१ अक्टोवर अर्थात गएको साउन १६ गतेदेखि आउँदो कात्तिक १४ गतेसम्म युएईले दिएको आममाफीको समयमा अवैधानिक रुपमा रहेका विदेशी नागरिकले वैधानिक बन्न वा स्वदेश फर्किन पाउनेछन् ।

आममाफीको समय झण्डै एक महिना बित्न लागेको छ । यो समयमा आममाफीमा सहभागी हुन आउनेमा ओभरस्टे भएका र काम खोज्न चाहने धेरैजसो भिजिट र टुरिस्ट भिसामै युएई प्रवेश गरेको पाइएको युएईले जनाएको छ ।

भिसा अवधिभन्दा धेरै समय बसेका कतिपय कामदारसँग स्वदेश फर्किन पैसा नभएकाले सम्बन्धित देशको दूतावाससँग हवाइ टिकटका लागि कुरा गरिने भएको छ ।

आममाफीको समयमा सहभागी नभए युएईमा अवैधानिक कामदारलाई गाह्रो
युएईले आममाफीको समय सकिएपछि कार्यस्थल र होस्टलमै गएर कामदारको अवस्था निरीक्षण गर्ने भएको छ । त्यसबेला अवैधानिक रुपमा रहेको भेटिएका व्यक्ति जेल पनि पर्न सक्छन् । किनकी युएईले आममाफीको समयपछि पनि अवैधानिक कामदार भेटिएमा पक्राउ गरेर जेल हाल्ने भएको छ ।

काम नपाइन सक्छ
युएर्इले कागजपत्र नभएका कामदारलाई काम लगाएमा रोजरदाताले पनि जरिवाना तिर्नुपर्ने नियम ल्याउने भएकाे छ ।
कागजपत्र नभएका एक एकदार बराबर ५० हजार दिर्हाम जरिवाना रोजगारदाताले तिर्न पर्नेछ । एक पटक कारबाहीमा परेका रोजगारदाताले फेरि पनि कागजपत्र नभएका कामदारलाई काममा लगाएमा दुईगुणा बढी अर्थात एक लाख दिर्हाम जरिवाना तिर्नुपर्ने छ । जरिवानाको डरले रोजगारदाताले काममा नलगाउन सक्छन् ।
आममाफी सुनौलो अवसर
युएईले विभिन्न कारणले अवैधानिक बन्न पुगेका वा कानून उल्लङघन गरेका कामदारलाई प्रत्येक पाँच वर्षमा आममाफीको अवसर दिँदै आएको जनाएको छ ।

धेरै कामदारले फाइदा लिन सकुन भन्ने उदेश्यले आबुधाबीमा थप केन्द्र पनि खुलाइएको छ । नयाँ खुलेको केन्द्रबाट चार सयदेखि पाँच सय जनाले सेवा लिन सक्नेछन् ।

यो केन्द्रमा भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स र श्रीलंकाको दूतावासका प्रतिनिधि पनि हुने भएकाले यी देशका कामदारले आवश्यक सहयोग पनि पाउन सक्नेछन् ।

यसैगरी टोल फ्रि नम्बर ८००८० मा सम्पर्क गरेर पनि आफ्ना समस्या राख्न सकिनेछ ।

आममाफीको समयको सक्दो सदुपयोग गर्न नेपाली दूतावास युएईले पनि आग्रह गरेको छ । यो समयमा अवैधानिक हैसियतलाई वैधानिक बनाउने तथा स्वदेश फर्किने विकल्प रोज्न सकिन्छ ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu