
काठमाडौं। १ लाख रुपैयाँभन्दा माथिको रेमिट्यान्स बैंक खाताबाट भुक्तानी गर्नुपर्ने व्यवस्थाले आफूहरु चल्न नसक्ने अवस्थामा पुगेको रेमिट्यान्स व्यवसायीले गुनासो गरेका छन्।
नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै १ लाख रुपैयाँभन्दा धेरै रेमिट्यान्स भुक्तानी गर्नुपरे बैंक खाताबाट गर्नुपर्ने व्यवस्था गरेको थियो।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव दिँदै रेमटर्स एसोसिएसनले उक्त सीमा बढाउन माग गरेको छ।
यस्तै उनीहरुले गैर व्यावसायिक कारोबारहरु रेमिट बाहिरबाट भुक्तानीका लागि व्यवस्था मिलाउन माग गरेका छन्।
अहिले रेमिटेन्स ब्यवसायीहरु बैंक बाट पर्याप्त क्यास समेत व्यवस्था मिलाउन आग्रह गरेका छन