विराटनगरमा हुन्डी कारोबार ठप्प, हुण्डीका कारोबारी सबै सम्पर्कविहिन

Read Time:2 Minute, 52 Second

विराटनगर ।हुन्डी कारोबारी अनूपचन्द शेठिया र उनको समूह ठगीमा पक्राउ परेपछि विराटनगरका अन्य हुन्डी व्यवसायीले कारोबार बन्द गरेका छन् ।विराटनगरबाट दैनिक करिब २५ करोड रुपैयाँ बराबरको हुण्डीको कारोबार हुन्थ्यो।अहिले सबै हुण्डी कारोबार बन्द भएको छ।

अनूपचन्द विराटनगरका सबैभन्दा ठूला हुन्डी कारोबारी थिए । भाइबरबाट चिट्ठा पयो भन्दै सोझासाझा जनतासँग रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेपछि अन्य साना हुण्डी कारोबारीले कारोबार बन्द गरेका हुन् । सेठिया र उनको समूहलाई प्रहरीले गत मंसिर १ गते पक्राउ गरेको थियो ।सेठिया पक्राउ पर्नुअघि नै पुराण लगाउन भारतको राजस्थान गएका सुरेन्द्र शर्मा अझै विराटनगर आइपुगेका छैनन् । शर्माको संचालन गरेको विराटनगर मेनरोडमा रहेको ग्लोबल मनी चेन्जरमा भारुनेरुको सटही भइरहेको छ तर हुन्डीको कारोबार ठप्प छ ।

त्यस्तै अर्का हुन्डी कारोबारी प्रमोद राठीले पनि आफ्नो कारोबार बन्द गरेका छन् । एक वर्षयता हुन्डी व्यवसायलाई घटाउँदै रेल तथा हवाई टिकटको कारोबारमा संलग्न राठीले सेठियाको पक्राउपछि हुन्डी कारोबार रोकेका हुन्। राठी मंसिर १ गतेदेखि सम्पर्कमा छैनन्।विराटनगरको रेनबो गल्लीमा सटही काउन्टर खोलेर बसेका रानू अग्रवाल यहाँका अर्का हुन्डी व्यवसायी हुन् । भारतका मुख्य बजारमा मात्र ससानो रकमको हुन्डी गर्ने रानूले पनि हुन्डीको काम बन्द गरेका छन् । उनी पनि दुर्इ हप्तादेखि कसैको सम्पर्कमा छैनन् ।

विराटनगरमा हुन्डी व्यवसाय बन्द भएपछि आयातनिर्यातको कारोबार गर्नेलाई अप्ठ्यारो भएको छ । विशेषतः नेपालको रकम भारत पु¥याउने र न्यून विजकीकरणमा चीनबाट मालसामान आयात गर्नेले हुन्डीबाट रकम स्थानान्तरण गर्न पाइरहेका छैनन् ।हुन्डीबाट चीन रकम पठाउनेहरूले विराटनगरका हुन्डी कारोबारीलाई रकम दिने र त्यो रकम काठमाडौं वा कोलकाता हुँदै चीन पुग्ने गरेको स्रोतले बतायो ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu