श्रम सम्झाैता परिमार्जन नगरे मलेसिया कामदार नपठाउने वैदेशिक रोजगार व्यवसायीको चेतावनी

Read Time:2 Minute, 23 Second

काठमाडाैं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदारलाई निःशुल्क मलेसिया पठाउने नेपाल–मलेसिया सरकारबीचको समझदारीप्रति असन्तुष्टि जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले दुई देशबीच नेपाली कामदारलाई पठाउने विषयमा सोमबार गरिएको समझदारीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले आफूहरुलाई जानकारीसमेत नदिई सरकारले गरेको समझदारी आपत्तिजनक रहेको भन्दै आक्रोस पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष गुरुङले नेपाली कामदारलाई मलेसिया पठाएबापतको सेवा शुल्क दिने व्यवस्था तत्काल नगरे नेपाली कामदारलाई मलेसिया जानबाट रोक लगाउने चेतावनी पनि दिनुभयो ।
उहाँले नेपाली कामदारलाई मलेसिया पठाएबापतको सेवा शुल्क उपलब्ध गराउने कि नगराउने ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो । अध्यक्ष गुरुङले सरकारले व्यवसायीहरुको समस्यालाई सम्बोधन नगरी गरिएको समझदारी मान्न आफूहरु बाध्य नहुने तर्कसमेत गर्नुभयो ।
सोमबार नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम एम कुलासेगरनबीच नेपाली कामदार लैजाने विषयमा महत्वपूर्ण श्रम सम्झौतामा हस्ताक्षर भएको थियो ।
नेपाली कामदार मलेसिया जाँदा हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचबापतका खर्च नेपाली कामदारले व्यहोर्न नपर्ने सहितको सो समझदारीप्रति व्यवसायीहरुको भने असन्तुष्टि छ ।
उनीहरुले आफूहरुको सेवाबापतको शुल्कको व्यवस्था नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu