
Read Time:59 Second
मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्यातीप्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ । क्विक पे को ३१८७ ए टि एम् साथै ३०० भन्दा बढि रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ। नेशनल् कमर्सियल् बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएको मा खुशी व्यक्त गर्दै आगामी दिनहरु मा नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।