
दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज, दुबई र सिटी एक्स्प्रेस मनी ट्रान्स्फर बिच सम्झौतामा हस्ताक्षर भएको छ । दुबईमा रहनुभएको नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन सक्नु हुनेछ । त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५००० भन्दा बडी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सक्नुहुनेछ ।
यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फ बाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान एक्स्चेन्जका सी.ई.ओ (CEO) ओसामा अल् रह्माले हस्ताक्षर गर्नु भएको छ। यो सम्झौता पत्रमा दस्तखत गर्दै ओसामा अल् रह्माले सिटी एक्स्प्रेससँग सम्झौता भएकोमा ज्यादै खुशी लागेको ब्यक्त गर्दै आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मज्बुद हुँदै जाने बताउनु भएको छ ।
साथै सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधी अनुसार सहकार्य गर्दै जाने समेत बताउनु भएको छ । सिटी एक्स्प्रेसले रेमिटान्स छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि रेमिटान्स सेवा दिदै आइरहेको छ ।