१८ हजार रुपैयाँमै दोहोरो टिकट पाइने, नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज दोहा उड्न तयार

Read Time:1 Minute, 50 Second

काठमाडौं – नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज अन्नपूर्णले सञ्चालन अनुमतिपत्र एओसी पाएसँगै अन्तर्राष्ट्रिय उडानको लागि बाटो खुलेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एओसी पाएपछि साउन १६ गते अर्थात आउँदो बुधबार कतारको दोहाका लागि उडान गर्न जहाज तयार भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘एओसीसँगै अन्य सबै प्राविधिक पक्ष र पाइलट पनि उडानका लागि तयार छन्, बुधबार राति निगमको अन्नपूर्ण जहाजले पहिलो व्यवसायीक उडान गर्नेछ’, प्रवक्ता श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो ।

असार १४ गते काठमाडौं अवतरण भएको निगमको जहाजमा २ सय ७४ सिट रहेका छन् । निगमले ग्राहक आकर्षण गर्न काठमाडौं–दोहाको दोहोरो टिकटको मूल्य जम्मा १८ हजार रुपैयाँ तोकेको छ । याे भाडामा कर भने समावेश गरिएकाे छैन । साथै निगमले एकतर्फी भाडा कररहित ११ हजार ताेकेकाे छ । यसमा ५० किलो लगेजमा पनि थप भाडा लाग्नेछैन ।

निगमले भित्राएको अर्को वाइडबडी मकालुले पनि एओसी प्रमाणपत्र पाउन र अन्य प्राविधिक जाँचको लागि तयारी थालिसकेको पनि निगमले जनाएको छ । नयाँ २ वटा वाइडबडीले सुरुमा दोहा, दुवइ, बैंकक लगायतका गन्तव्यमा उडान गरे पनि चाँडै नै जापान र कोरिया उडान थाल्ने निगमको दावी छ ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu