
मलेसीया जाने कामदार बढ्दा साउदीमा उल्लेख्य गिरावट
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिना अर्थात चैतसम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको त्रेस्रो त्रैमाससम्ममा पाँच खर्ब ४० अर्ब ३८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएकाे छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ६ खर्ब २१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको थियो । कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने क्रम अपेक्षित बढ्न नसकेको राष्ट्र बैंकको भनाई छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । मलेसीया जाने कमदार ८.५० प्रतिशतले बढ्दा साउदी जाने कामदार ९.१ प्रतिशतले घटेको छ ।
Copied from Merolagani…