Remittance मा UAE र Saudi Arabia को पाँच प्रतिशत भ्याटको असर

Read Time:3 Minute, 20 Second

युएई, पुस २5 – खाडीका दुई मुलुकले गएको जनवरी सुरुबाट ५ प्रतिशत कर लगाउन सुरु गरेका छन् ।

गल्फ कर्पोरेसन काउन्सिल अन्तर्गत रहेका मुख्य दुई देश संयुक्त अरब इमिरेट्स (UAE) र Saudi Arab ले आफ्नो देशको आर्थिक अवस्था सुधार गर्न भ्याट लगाउन सुरु गरेको हुन् । लागु गरिएको करबाट सर्वसाधारणमा प्रत्यक्ष प्रभाव परेको छ ।

तर पनि प्रभाव नकरात्मक मात्रै नभएर कामदारकै हितमा हुने कामदार पठाउने देशका निकायका प्रतिनिधिले बताएका छन् । डिपार्टमेन्ट स्टोर, ठूला सपिङ्ग महल तथा खुद्रा पसलमा समेत करको प्रभाव सुरु भएको छ । सामान तथा सेवामा लगाएको करले दैनिक उपभोग्य वस्तुको मूल्य नबढ्ने तर अर्थ बजारलाई माथि उकास्ने रणनीतीमा यी मुलुकहरु लागेका छन् ।


मजदुरी गरिरहेका नेपालीको दैनिक खर्च स्वतः बढ्ने भनिए पनि खरिद गरिने हरेक सामानको मुल्य नभएर जम्मा रकमको मात्रै ५ प्रतिशत भ्याट भुक्तान गर्नुपर्ने भएकाले नकरात्मक प्रभाव भने नपर्ने सरोकारवाला नेपालीको अनुभव छ ।

कर लागु भएको पहिलो ५ दिनसम्म त्यस्ता नकरात्मक असर देखिएका छैनन । गएको वर्षबाट मध्यपूर्वमा देखिएको खाडीको अर्थ संकट टार्न ‘अरबको भाले’ साउदी र ‘खाडीको युरोप’ युएईले एकै साथ लागु गरेको भ्याटले यस क्षेत्रको आर्थिक अवस्था सुधार हुने अपेक्षा यी मुलुकहरुले लिएका छन् ।

खाडीका अन्य ४ मुलुकहरु बहराइन, ओमान, कतार कुवेतले पनि भ्याट लगाउने तयारी गरिरहेको जनाएका छन् । खाडीका सबै मुलुकहरुले भ्याट लागु गरेपछि कम्तिमा यी मुलुकमा काम गर्ने १५ लाख नेपाली र उनीहरुमा आश्रित परिवार प्रभावित हुन्छन ।

बजारलाई चलायमान गरेर बढ्दै गरेको संकटबाट पार लगाउने मेसो यी मुलुकहरुले लगाएका हुन । त्यसैले पनि अन्ततः यी मुलुकले लागु गरेको कर प्रणालीले सर्वसाधारणलाई फाइदा पुग्ने अर्थ विज्ञहरुको भनाइ छ ।

युएई र साउदीमा गरी झन्डै सात लाख नेपाली ती देशमा कार्यरत छन् । उनीहरुले पठाउने रेमिट्यान्समा गिरावट आउने हल्ला छ । तर त्यस्ता विषयमा विश्वास गर्ने आधार भने छैनन् ।

आफ्नो मुलुकमा सुरु भएको आर्थिक संकटबाट उठ्ने प्रयास यी मुलुकले गरेको यहाँका ठूला कर्पोरेट हाउसहरुमा कार्यरत नेपाली विज्ञहरुले भबिष्यमा आम कामदारलाई नै फाईदा पुग्ने बताउँछन् ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu